नयाँ वर्षको पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

काठमाडौं, बैशाख ८ ।  नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ।

गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ। गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ।

पछिल्लो सातामा भएको ५ कारोबार मध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन। गत साता वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो। साताको पहिलो कारोबार दिन वैशाख ३ गते आईतवार,सोमवार,मंगलवार र बिहीवार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधवार सामान्य अंकले वृद्धि भएको थियो।

वि.सं. २०८० को पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो। उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । आईतवार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो। नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो। सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता शेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

त्यस्तै,साताको तेस्रो कारोबारको दिन मंगलवार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो। यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता शेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। तर,लगातार रुपमा घट्दै आएको नेप्से बुधवार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो। बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ। बिहीबार नेप्सेसँगै काारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिदाँ समेत पनि शेयर बजारमा खासै प्रभाव पर्न सकेन। अधिकांश बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन्। यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। गत साता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सिमित भएको छ।

प्रतिक्रिया दिनुहोस्