सुमधुर स्वरकी धनी सुदुरपश्चिमकि चेली देउडा गायिका गौरी भट्ट सांगीतिक क्षेत्रमा जम्दै

काठमाडौं । सुदुरपश्चिमकी चेली देउडा गायिका गौरी भट्ट देउडा संगीतका क्षेत्रमा क्रियाशील अनेक संंघर्षबाट गुज्रंदै सांगीतिक क्षेत्रमा स्थापित भएकी छन् ।

गौरी भट्टका गीतहरु एकपछि अर्को हुदै हिट हुन थालेका छन् । भट्टले आफ्नो कलालाई स्वदेशमात्र होइन विदेशमा पनि चिनाउदै जान थालेकि छन् ।
‘अहिले आफ्नो काममा सन्तुष्ट छु,’ उनको भनाइ छ ।पछिल्लो समय एकपछि अर्को हिट गीतमा भट्ट जम्दै जान थालेपछि उनी ब्यस्त समेत रहन थालेकि छन् ।
काठमाडौंमा सांगीतिक जीवन बिताइरहेकी भट्टले छोटो समय मै आफुलाइ यश क्षेत्रमा एक सफल गायिकाको रुपमा स्थपित गराउन सफल भईसकेकि छन्।

गायिकाको क्षेत्रमा लागेको छोटो समयमै नै आफ्नो कलाबाट लाखौं दर्शक को मन जितिसकेकी भट्टले स्वर दिएका धेरै गीतहरुले सांगीतिक बजारमा राम्रो चर्चा बटुलिसकेको छ ।
करिब ति वर्ष देखि देउडा संगीतका क्षेत्रमा लागी रहेकी गौरी भट्टका गीतहरु एक पछि अर्को हुदै धमाधम बजारमा आउन थालेका छन् ।


सबैको माया साथ र हौसलाले यहा सम्म आफु पुगेको उनी बताउछिन । यसरी सबैको साथ पाउदा आफुमा झनै उत्सुक्ता बढेर आउने गरेको भट्टले बताईन ।
सुदुरपश्चिमका चेलि पनि कोई भन्दा कम छैनन् भन्ने उदेश्यले आफु यो क्षेत्रमा निरन्तर लागी परेको उनको भनाई छ ।
गायिका बन्ने आफ्नो सानै देखि रुचि भएको तर कसरी बन्ने भन्ने आफुलाई थाहा समेत थिएन तर भविष्यमा गायिका बन्छु भन्ने सोचेको थिए उनले भनिन ,सुदुरपश्चिमलाई चिनाउने अनि सबैको मनमुटुमा बस्न सफल थुपै्र देउडा गीतमा भट्टले आवाज दिसकेकी छन् ।

उनले गायका गीतलाई मन नपराउने सायदै कमै होलान ।अहिले गौरी भट्टका गीतले सुदुरपश्चि तथा मध्यपश्चिममा चर्चा बटुलिरहेको छ । यति बेला गायिका भट्ट गीत गाउनमै ब्यस्त छिन् । देउडा गीत मात्र होइन उनले थुर्पै लोकगीतमा पनि स्वर दिएकी छन् ।

अब आउने दिनमा देउडा गीत मात्र होइन लोकगीतमा पनि आफुले स्वर दिने उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्