नेपाल लाइफको वार्षिकोत्सवको अवसरमा क्यास व्याक अफर सार्वजनिक

काठमाडौं, बैशाख ७ । नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफइन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण ई-सेवा मार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ५% वा २३० रुपैयाँ सम्मको क्यास व्याक प्राप्त गर्नुहुनेछ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्ता महानुभावहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर संचालनमा ल्याइएको हो ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफइन्स्योरेन्स कम्पनीले बीमा शुल्कन विकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई(सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पे संग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नुहुन्छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेतहुने बताए ।

आगामीदिनमा कम्पनीलाई झन् प्रविधि मैत्रीबनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवाप्रवाहगर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।

२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्नआरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२कार्यालय सञ्जालहरू मार्फत जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समय सापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्