लोकतान्त्रिक फोरम र कांग्रेसबीच पार्टी एकीकरण

काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे ।

‘विना कुनै स्वार्थ एकता गरिएको छ ।’ एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको गच्छदारले बताए ।

कार्यक्रममा भावुक बन्दै गच्छदारले भने एकताको विरोध जसले गरे पनि कुनै परवाह छैन । कांग्रेसको राजनीति छाडेर फोरम लोकतान्त्रिक गठन गरेका उनले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’

प्रतिक्रिया दिनुहोस्