बिरामी परेका राष्ट्रपति पौडेललाई भारत लगियो

काठमाडौँ, बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ । उनलाई अहिले केहीबेर अघि श्री एयरलाइन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो ।

भारत लगिएका उनको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने बताइएको छ । फोक्सोमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो ।

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यसअघि चैत १८ गते अस्पताल भर्ना भएर उहाँ २२ गते डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्