प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा आजीवन छुट

काठमाडौं, बैशाख ५ ।  प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शुल्कमा आजीवन १०० प्रतिशत छुटको अफर ल्याएको छ।

‘नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शुल्कमा छुटको वहार’ भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म सञ्चालनमा आउने जनाएको छ।

यो अवधिभित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाइदा आजीवन वार्षिक शुल्कमा १०० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन्। ३ लाख ग्राहकले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन्।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ।

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि डिम्याट खाता खोली यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्