सिद्धार्थ बैंकको ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना सञ्चालनमा

काठमाडौं, बैशाख ५ ।  सिद्घार्थ बैंकले नयाँ वर्ष २०८० को सौगात स्वरुप घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकले ग्राहकहरुलाई ११. ७५५ वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने जनाइएको छ ।

यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्