शेयर बजार ३ अङ्कले घट्याे

काठमाडौं , बैशाख ५ । शेयर बजार आज (मङ्गलवार) सामान्य घटेको छ । हिजो (साेमवार) २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर एक हजार नौ सय चार दशमलव नौ आठ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, म्युचल फन्ड र निर्जीवन बीमाबाहेक अरू समूहको शेयर घटेको छ । आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार कित्ता शेयर ८७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटरको पाँच करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्