प्रभु लाइफका संचालक पोखरेलले दिए राजीनामा

काठमाडौं , बैशाख ४ । प्रभु लाइफ इन्स्योरेन्सका एक संचालकले राजीनामा दिएका छन् । इन्स्योरेन्सका संचालक मनि राम पोखरेलले बैशाख ३ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् ।

पोखरेल कम्पनीको संस्थापक सेयरधनीबाट संचालकमा २०७५ साल जेठ १० गते मनोनित भएका थिए ।

प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका पोखरेलले बीमा प्राधिकरण चैत १७ गते दिएको निर्देशनपछि राजीनामा दिएका हुन् ।

बीमा प्राधिकरणले चैत १७ गते सूचना जारी गर्दै बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत सेयर लिएको बहालवाला संचालक वा कर्मचारी बीमा कम्पनीको सञ्चालक हुन अयोग्य हुने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्