मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं, बैशाख ४ ।  मुक्तिनाथ विकास बैंक र “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि” बीच समझैता भएको छ ।

बैकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाइ ल्याण्डमार्क होटेलस् एण्ड रिसोटको विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि अन्तर्गत का विभिन्न स्थानहरुमा (काठमाडौं , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा ऐकोमोडेसन फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहजकर्जा”योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायर पर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलब व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

साथै, इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कलगर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्ने कम्पनीले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्