झिनो अंकले घट्यो नेप्से

काठमाडौं, बैशाख ३ । २०८०को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। घटेको बजारमा ९७ करोडको कारोबार भएको छ।

आज १९३४.५१ विन्दुमा खुलेको बजार उच्च १९४५.०५ विन्दु र न्यून १९१८.५२ विन्दु समातेको थियो।

कारोबारमा आएका २५६ कम्पनीमध्ये ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर नै देखिएको छ।

आज तीन कम्पनीको सेयरमूल्य सर्किट लेबलमा बढेको छ। आर्दश लघुवित्तको ९.९९ प्रतिशत, मौलुङ हाइड्रोपावरको ९.९९ प्रतिशत र कालिन्चोक दर्शनको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य उच्च दरले घटेको छ।

आज नेप्सेमा सोल्टी होटलको सर्वाधिक ३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी शिवम सेमेन्टको ३ करोड १७ लाख र एनआईसी एशिया बैंकको ३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्