म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन : केदार घिमिरे
काठमाडौं , चैत ३० । अभिनेता केदार घिमिरे ९माग्ने बुढा० ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।
बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो ।
अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताए ।
उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिवद्धता जनाए । उनले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढीरहेपनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए । उनले २०७९ मा १० वटा चलचित्रहरुले मुनाफा कमाउनु खुशीको कुरा रहेको बताए ।
अध्यक्ष खड्काले वर्ष २०७९ मा २० प्रतिशत ठूला पर्दाका चलचित्रले लगानी उठाएको बताए ।
प्रतिक्रिया दिनुहोस्