आईएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर

काठमाडौं, चैत ३० ।  आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।

यही चैत २९ देखि आउँदाे भदाै २६ गतेसम्म चल्ने याे अफरमा ग्राहकले आईएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात् आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच -हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउनेछन् ।

पाँच महिनासम्म चल्ने अफरमा प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली विजेता छनाेट गरिनेछ । यस अफरअन्तर्गत पैसा पठाउने ग्राहबाट एक जना तथा पैसा पाउने ग्राहकबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।

यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने सबै ग्राहकले याे पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्त्वको जानकारी प्रदान गर्नुका साथै विद्युतीय भुक्त्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्