साल्ट ट्रेडिङको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त
काठमाडौँ, चैत २८ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रूपमा काम गर्दै आएका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आठ वर्षदेखि कर्पोरेसनको संचालकको रूपमा आफ्नो कार्य गर्दै आएका उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्