इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं, चैत २८ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ।

कोसी प्रदेशको बेलबारी नगरपालिका ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालन गर्न थालेको हो।

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोसी प्रदेशका प्रमुख राजिव गजुरेलले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन्।

उद्घाटन गर्दै मेयर श्री दिलप्रसाद राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दालाई सहज हुने बताएका छन्।

बैंकका कोसी प्रदेश प्रमुखले सेवाग्राहीलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्