सानिमा बैंकका विभिन्न कार्डमार्फत भुक्तानी गर्दा दराजमा छुट पाइने

काठमाडौं, चैत २७ । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य गरेको छ।  योजना यही चैत २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/ क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ।

यसअनुसार सानिमा डोमेस्टिक डेबिट कार्डबाट भुक्तानी गर्दा ८ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ छुट पाइनेछ। सबै सामानमा यो छुट लागू हुनेछ।

त्यसैगरी डोमेस्टिक क्रेडिट कार्डमा १० प्रतिशत वा अधिकतम ५ सय छुट पाइनेछ। यता सानिमा डोमेस्टिक डेबिट या क्रेडिट कार्डमा २० प्रतिशत वा २ सयसम्म छुट पाइनेछ।

यो छुट भने वैशाख २ देखि ७ गतेसम्म पाइने जनाइएको छ। यो छुट विशेष वर्गका सामानहरुका लागि मात्रः स्वस्थ्य र सौन्दर्य, फेसन, जीवनशैली, अडियो र पहिरनका खरिदमा पाइनेछ।

ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ। सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्