विकासको नाममा नौंटंकी गर्नेलाई जनताले माफ गर्ने छैन

हामी २१औं शाताब्दिको विश्वपरिवेशमा छौं । विशाल भूगोल र आर्थिक विकासमा संभ्रान्त दुई छिमेकी मुलुक भारत र चिनबिचको खाेंचमा रहेको नेपाललाई अब विकास र सम्वद्धिको खाँचो छ ।

प्रतिनिधि, राष्ट्रिय सभा र स्थानिय समेत गरि तीनै तहको निर्वाचन सम्पन्न भएसंगै यति खेर मुलुकमा केन्दीय र संघिय प्रदेशको सरकार गठन भईसकेको छ । आर्थिक र सामाजिक हिसाबले  प्रान्तीय सरकार सञ्चालन गर्न र व्यवस्थापन गर्न पनि हामी मासु चानचुने चुनौती छैन । संघिय सरकार सञ्चालन र  स्थायीत्वका बारेमा विभिन्न टिका टिप्पणीहरु पनि उठिरहेका छन् ।

विभिन्न चरणको आन्दोलन स्वरुप प्राप्त लोकतान्त्रिक संविधान कार्यान्वयनको अवस्थामा छ । केन्द्रीय र  प्रान्तीय सरकार समक्ष धेरै चुनौतीहरु रहेका छन् । यस चुनौतिलाई चिर्न सक्नु नै यो सरकारको सफलता हो ।  विकासका लागि विभिन्न वहाना वाजी गरि आरोप प्रत्यारोप गर्ने परिपाटिको अन्त्य भएको छ । सरकार र राजनीतिले पनि स्थायित्व पाएको छ । ५ वर्षको लागि स्थायी सरकार बनिसकेको अवस्थामामा अबका सरकारलाई विकास निर्माणको एजेण्डा सहित राष्ट्रिय हितका काम गर्न र राष्ट्रिय गौरवका आयोजनाहरुलाई अघि बढाउन कुनै वाधा र अवरोध छैन । यसका लागि जनता पनि जस्तो सुकै त्याग र मुल्य चुकाउन तप्पर छन् । अब विकासका लागि नेताका कुनै वहनाले जनता झुक्किने वाला छैन ।

सत्तामा पुग्नका लागि जनता समक्ष राजनितिक दलले बांडेका विकास र सम्वृद्धिका सपनाहरु धेरै छन् । बुढिगण्डकी जलविद्युत आयोजना, पश्चिमसेती जलविद्युत आयोजना, कृषि सडक मार्ग, पुष्पलाल मध्य पहाडी लोकमार्ग, हुलाकी सडक, तराई ÷मधेश दुर्तमार्ग जस्ता सरकारद्वारा घोषित राष्ट्रिय गौरवका आयोजनाहरुलाई दुर्तरुपमा सम्पन्न गरि विकास र सम्वृद्धि तर्फ लाग्नु आजको आवश्यकता हो । प्राप्त सरकारले पनि यसलाई मुर्तरुपमा अगाडि नबढाएको खण्डमा भविष्यका कुनै पनि सरकारबाट यो कार्य सहज ढंगले अगाडि बढ्ने संभावना देखिदैन ।

जनताले विकास र सम्वृद्धिको लागि मात्र स्याथी सरकारको म्याण्डेट  दिएको हो । नेताका आफन्त र नातागोताको खल्ती भर्नका लागि मत दिएका होइनन् । स्मरण रहोस नेपाली जनता राजनीति होइन विकास चाहन्छन । धुलो धुंवा , प्रदुषण, वेरोजगार, बन्द हड्तालबाट मुक्त हुन चाहन्छन् । दिनानुदिन बढ्दै गएको वैदेशिक हस्तक्षेप, रोजगारिको लागि विदेश पलायन हुनुपर्ने वाध्यात्मक अवस्थालाई समयमा नै समाधान गर्नु सरकारको प्रमुख दायित्व हो ।

वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक जनता समक्ष गरेका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे मात्र पनि जनताले धेरै राहत पाउँछन् । उनले गरेका प्रतिवद्धता कतिसम्म कार्यान्वयन गर्न सक्छन् त्यो समयले नै बताउनेछ ।

सात वटै प्रदेशमा संघिय सरकार गठन भएता पनि सरकारले सहि दिशा लिन सकेको छैन । सरकार कता कता अल्मलीएको जस्तो आभास जनतानलाई भएको छ । जनताले सरकार भएको महसुस गर्न पाएका छैनन् । विकासमुखी कामको सुरुवातको पर्खाइमा जनता रहेको छ । सरकारले किन सहि गति लिन सकेको छैन र विकासका कार्यहरु सिथिल, लथालिंग र भताभुंग अवस्थामा रहेका छन् यसको जवाफ जनताले खोजिरहेका छन् । यो सरकार भाषण गर्ने हो कि कार्यान्वयन पनि गर्छ ? जनता धैर्यतापूर्वक सुनि र हेरिरहेका गरिरहेका छन् समय आए पछि यसको फैसला पनि सुनाउने छन् ।

तसर्थ केपी ओली नेतृत्वको सरकार र अर्थ मन्त्री डा.युवराज खतिवडासंग जनताले धेरै आसा र भरोसा गरेका थिए । तर खतिवडा अर्थ मन्त्री नियुक्ति भएसंगै अर्थतन्त्र तथा बैकिङ्ग क्षेत्रमा देखिएको तरलता र सेयर बजारमा आएको गिरावटले लगानीकर्ताहरु निरास भएको अवस्था छ । औद्योगिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने, लगानी मैत्री वातावरण बनाउने र निजिक्षेत्रसंग सहकार्य गरि लागानीको सुरक्षाको ग्यारेण्टी गर्ने लगायत विभिन्न प्रतिवद्धता  व्यक्त गर्ने सरकारले विकास र आर्थिक सम्वृद्धिको बाटोलाई कसरी अग्रगामी रुपमा अगाडि बनाउँछ, नेपाली जनता ब्यघ्रतापूर्वक प्रतिक्षा गरेका छन् । विकासको नाममा भाषण र नौंटंकि गर्ने सरकार, राजनीतिक दल तथा नेतालाई जनताले कदापी माफ गर्ने छैन । यसप्रति सरकार, राजनीतिक दल तथा सरोकारवाला निकायहरु समयमै सचेत हुन आवश्यक छ । विकास विरोधी तत्वलाई जनताले अवश्य नै दण्डित गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्