२८ अंकले घट्यो नेप्से, १ अर्ब १५ करोडको किनबेच

काठमाडौं, चैत २६ ।  साताको पहिलो कारोबार दिन सेयरबजारमा गिरावट देखिएको छ।बजार परिसूचक नेप्से २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा कायम भएको हो।

११ बजे बजार खुलेयता नै सूचक झर्नथालेको थियो।आज २०१ कम्पनीको सेयर घट्दा १५ वटाको मात्र बढेको छ।

दिनभरिमा २९ हजार पटकको खरिदबिक्रीसँगै कुल १ अर्ब १५ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर ९.९७ प्रतिशतले बढ्दा लगानीकर्ताले ३१.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। बाँकी लगानीकर्ताले उल्लेख्य दरमा आम्दानी गर्न सकेका छैनन्।

त्यस्तै गुमाउने लगानीकर्ताले ७.७५ प्रतिशतसम्म घाटा व्यहोर्दा आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ५ करोड ७८ लाखको किनबेच भएको हो। यसबाहेक शिवम् सिमेन्टको पनि सोही हाराहारीमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्