तोलामा ६ सयले घट्यो आज सुनको मूल्य

काठमाडौं, चैत १९ । सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो।

योसँगै आज छापावाल सुन १ लाख ८ हजार ६ सय र तेजाबी सुन १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। तर चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ।

शुक्रबार १४ सय तोलामा कारोबार भएको चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्