कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

 

काठमाडौं , चैत १६ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज  बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्