भूगोल इनर्जीले चैत २३ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौं, चैत १५ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गर्न लागेको हो ।
यो मध्ये १०% अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५% अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्