सिरियामा रासायनिक ग्यास हमला: ७० जनाको मृत्यु , एक हजार भन्दा बढी मानिस प्रभावित

काठमाडौं। सिरियाको डोमा शहरमा शंकास्पद ग्यास हमलामा परि कम्तिमा ७० जनाको मृत्यु भएको छ ।

पूर्वी घोउतामा विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम शहर डोमामा सरकारी सेनाले रासायनिक हमला गरेको आरोप विद्रोही पक्षले लगाएको छ । सरकारी सेनाले भने रासायनिक हमला नगरेको दाबी गरेको छ ।

ह्वाईट हेल्मेट्स नामक उद्धारकर्ता समूह तथा प्राथमिक चिकित्सकहरुले उक्त शहरमा भएको हमला र क्षतिका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि घटना बाहिर आएको हो ।

मृतकको संख्या बढ्नसक्ने बताइएको छ । रासायनिक ग्यास आक्रमणबाट एक हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।

यसैबीच अमेरिकाले रासायनिक हमलाप्रति आपत्ति जनाउँदै सिरियाली सेनाले गर्ने जुनसुकै नरसंहारको जवाफ रुसले दिनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्