वाम एकताले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतराः डा खड्का

काठमाडौं । नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री डा नारायण खड्काले पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको बताएका छन् ।

 

माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्रले निर्वाचनलाई असहजता सिर्जना गरेको उल्लेख समेत गरे ।

उनले वाम गठबन्धनले छिमेकी मुलुकसँगको सन्तुलन समेत लाृ असर पार्ने बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिकरुपमा सरकारबाट फिर्ता बोलाउन पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्