मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
काठमाडौं, चैत १२ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत्र महिनामा पनि विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैला को अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
त्यस्तै बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देश मुलक वोर्डहरु हस्तान्तरण गरेको छ ।
साथै , बैंकले घोराही उप– महानगरपालिका–१६,तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई ऋऋत्ख् क्यामेरा जडानको लागि सहयोग गरेको छ भनेविदुर नगरपालिका वडा नं .०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले श्री पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्