ह्वात्तै घट्यो आज सुनको मुल्य

काठमाडौं, चैत ८ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै २ हजार रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ।

प्रतिक्रिया दिनुहोस्