सिटिजन्स बैंक र निसर्ग हस्पिटलबीच सम्झौता, २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं, चैत ७ ।  सिटिजन्स बैंक इन्टरनेसनल र धनगढीस्थित निसर्ग हस्पिटल एवं रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले निसर्ग हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउने छन् ।

सम्झौताले बैंकका ग्राहकहरू लाभान्वित हुने बताइएको छ ।

साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्