सिद्धार्थ बिजनेस ग्रुपका होटल र रिसोर्टमा नबिलका ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौं, चैत ७ ।  नबिल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ।दुई व्यावसायिक संस्थाबीच ग्राहकलाई छुट दिने सम्झौता भएको हो।

यसअनुसार नबिल बैंकका ग्राहकले नेपालभर रहेका सिद्धार्थ बिजनेस ग्रुपका होटल, रेष्टुराँ, क्याफेमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट र होटल तथा रिसोर्टमा आवास सुविधामा २० प्रतिशत छुट पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्