आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले गाभिन डाके विशेष साधारणसभा
काठमाडौं, चैत ७ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरको स्वीकृति लिन विशेष साधारणसभा डाकेका छन्।
दुवै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुवै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।
दुवै संस्था बराबरी हैसियतमा गाभिने छन्। गाभिएपछि नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नाम हुनेछ। साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुवै संस्था बिमा प्राधिकरण जानेछन्। प्राधिकरणले स्वीकृति दिएपछि एकीकृत कारोबार हुनेछ।
आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ। मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्