युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट
काठमाडौँ , चैत २ । यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि कीर्तिमानी जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ।
लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट लिइँदा नतिजा ९ रनले नेपालको पक्षमा आएको हो।
घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो। नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो।
नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।
नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्