त्रिवि क्रिकेट मैदानमा उर्लिए दर्शक (तस्बिरहरू)

काठमाडौं, चैत २ ।  नेपाल र यूएईबीचको खेलमा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकले भरिएको छ । नेपालले निर्णायक खेल खेलिरहँदा मैदान भित्र र बाहिर दर्शकहरू खचाखच छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिवि मैदान पुगेका छन्।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।

यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आज यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले पनि यो खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्