अमेरिकाद्वारा रुसका १७ अधिकारीलाई प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसका १७ जना अधिकारीहरुलाई प्रतिबन्ध लगाएको छ जसमा राष्ट्रपति भ्लादिमिर पुटिनका ७ वरिष्ठ र निकट अधिकारीहरु पुटिनका ज्वाँइ, बडिगार्ड सहित १७ जनालाई प्रतिवन्ध लगाउने निर्णय गरेको छ । त्यस्तै अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिवन्ध लगाएको छ ।

अमेरिकाले रुसी राष्ट्रपति पुटिका बडिगार्ड, उनको ज्वाइँ, राष्ट्रपतिका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका केही कम्पनीहरुलाई प्रतिवन्ध लगाएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले भने अनुसार यी सबैमा ‘पूरा विश्वभर हानिकारक गतिविधि गरेको आरोप लगाइएको छ ।
प्रवक्ताले थप्दै भने, प्रतिबन्धको मतलव यो होइन की अमेरिकाले रुससँग आफ्नो सम्बन्ध तोडेको छ । आज जुन प्रतिबन्ध लगाइएको छ र जुन प्रशासनिक कदम चालिएको छ, त्यसमा संसदको स्वीकृतिलाई पनि ध्यान दिइएको छ । हामीले रुसी सरकारसँग सकारात्मक सम्बन्ध चाहान्छौं ।

रुसको जवाफमा अमेरिकाको तर्फबाट लगाइएका प्रतिबन्धको जवाफमा रुसले पनि कडा कदम चाल्ने धम्की दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेर यस प्रकारका दबावको सामू रुस नझुक्ने स्पष्ट पारेको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको कदमलाई मुर्खतापूर्ण भनेको छ । यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध नराम्रो हुने रुसको चेतावनी छ ।

बीबीसी सम्वाददाता बारबरा प्लेट उशरका अनुसार अमेरिकाले रुसी राष्ट्रपति पुटिनविरुद्ध हालसम्मकै सबैभन्दा आक्रामक कदम उठाएको छ । अमेरिकाले प्रतिबन्ध लगाएको ब्यक्तीहरुमा सुलेमान करीमोव पनि परेका छन् जुन ब्यक्ती रुसका सवैभन्दा धनी मध्येका एक हुन् । गत महिनामा पनि अमेरिकाले १९ रुसी नागरिकलाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्