५० अङ्कले बढेर शेयर बजार २ हजार विन्दुमा
काठमाडौं, फागुन २५ । शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स, बीमा, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
बजार बढेकाे दिन दुई सय ६२ वटा कम्पनीका ४५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर १० प्रतिशत र नेपाल इन्सुरेन्स कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरे सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे एक प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्