महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ: अध्यक्ष थापा
काठमाडौँ, २४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधीमूलक क्षेत्रमा संविधानले नै महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधीत्व गराउन आफूहरु गम्भिर रहेको बताउनुभयो ।
नारीहरुको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धि कुरा गर्दैमा उपलब्धी नहुने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले अग्रपङ्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पु¥याउन राप्रपा नेपाल निरन्तर लागीरहेकोले वडा तहसम्म संगठन विस्तार गरी संगठन विस्तार गर्न पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संगठनका उपाध्यक्ष संगीता लाखाजु, काठमाडौं जिल्ला अध्यक्ष मिरा कार्की महर्जन लगायतले महिला सशक्तिकरणका लागि पार्टीले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्