झण्डै ३१ अंकले घटेर शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो

काठमाडौं, फागुन २१ ।  साताको पहिलो दिन आज (आइतबार) शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ३० दशमलव ७७ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर एक अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर साढे ७ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्