होलीमा प्रभातको ‘स्लोली स्लोली’ गीतले चर्चा बटुल्दै !

काठमाडौं । नवअभिनेता प्रभात पाल (ठकुरीे) को अभिनय रहेको गीत ‘स्लोली स्लोली’ ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । रंगको पर्व होलीको अवसरमा थारु भाषाको गीत ‘खेलब होली स्लोली स्लोली’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

थारु भाषाको गीत ‘खेलब होली स्लोली स्लोली’ मा अभिनेता पालसँगै चर्चित गायिका तथा मोडेल अन्जु कुष्मीको अभिनय रहेको छ । गायक राज कुश्मी र गायिका सोनु कुश्मीको आवाज रहेको उक्त गीतमा प्रदीप थारूको कोरियोग्राफी रहेको छ । विकाश प्रसाईंले निर्देशन गरेको गीतमा एरेन्ज गणेश चौधरीको छ ।

निर्देशक प्रसाईंले भाषा र संस्कृतिमा आधारित यस गीतले धेरैको मन जित्ने अपेक्षा गरेका छन् । सुदूरपश्चिमका विभिन्न रमणिय क्षेत्रमा १ साता लगाएर खिचिएको भिडियोमा प्रभात र गायिका अन्जुको जोडीलाई निकै रुचाइएको छ । नवोद्वित अभिनेता प्रभातले यस अघि नै दुईवटा फिल्म ‘सरी मम’ र ‘डिसेम्वर फल्समा’ अभिनय गरिसकेका छन् ।

प्रभातको मूख्य भूमिका रहेको लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा तयार पारिएको फिल्म ‘सरी मम’ यतिबेला विभिन्न प्रदेशमा प्रदर्शनको क्रममा छ । प्याव्सन, एनप्याव्सनलगायतका संघ संस्थाहरुको सहकार्यमा विभिन्न विद्यालय तथा कलेजहरुमा ‘सरी मम’ देखाइँदैछ । यसका अलावा प्रभातले चर्चित गीत ‘फूलैफूल दिन्छौं कि’लगायत थुप्रै गीतहरुमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्