जीवन विकास लघुवित्तको लाभांश संशोधन

काठमाडौं, फागुन २१ ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

फागुन ६ गते बसेको बैठकले २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले फागुन १९ गते पुनः बैठक बसि लाभांश संशोधन गरेको हो।

अब लघुवित्तले कुल ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये २६ प्रतिशत बोनस शेयर रहेको छ भने ७.१५ प्रतिशत (कर प्रयोजनार्थसहित) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्