तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं, फागुन २१ । सुनको मूल्य आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुन शुक्रबारभन्दा तीन सय रुपैयाँले बढेको हो।
योसँगै आज छापावाल सुन १ लाख २ हजार ८ सय र तेजाबी सुन १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको महासंघले जनाएको छ।
यसअनुसार आज चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्