ठुला फिल्मको भिडन्त: छड्के २ र छक्कापञ्जा ४ आजदेखि प्रदर्शनमा

काठमाडौं, फागुन १९ ।  आजबाट देशभर चलचित्र छड्के २ र छक्का पञ्जा–४ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा आएका हुन् । यी दुबै सिक्ववेल मुभी हुन् ।

यी दुई फिल्मको एक साथ रिलिजलाई पछिल्ला केहि बर्ष यताकै हेभिवेट भिडन्त मानिएको छ । नेपाली बक्सअफिसका सुपरस्टार मानिने अनमोल केसी र सुपरहिट सिरिज छक्का पञ्जाबीचको यो भिडन्तमा कसले बाजी मार्छ त्यो हेर्न रोचक हुने भएको छ ।

छक्का पञ्जा-४ प्रति यसअघिको जस्तो उत्साह देखिएको छैन भने छड्के-२ को पनि आक्रामक प्रचार देखिएको छैन ।

हेमराज बिसीद्वारा निर्देशित छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

त्यस्तै प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्भान फिल्म स्कुलको छडके–२ को मुख्य कलाकारमा अनमोल केसी छन् ।

प्रतिक्रिया दिनुहोस्