शेयर बजार आज पनि उच्च अङ्कले घट्यो

काठमाडौं, फागुन १८ ।  शेयर बजार आज बिहीवार पनि उच्च अङ्कले घटेको छ । हिजाे बुधवार २४ दशमलव ४४ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४७ अङ्कले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज २ सय ५६ वटा कम्पनीको ३६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बुद्धभूमि नेपाल जलविद्युत् कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्