लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ कर्पोरेसनको बोलायो साधारणसभा

काठमाडौं, फागुन १५ ।  साल्ट ट्रेडिङ कर्पोरेसनको ५६औँ साधारणसभा आह्वान गरेको छ।कम्पनी सञ्चालक समितिको १०४१औँ बैठकले साधारणसभा आह्वान गरेको हो।

कम्पनीको कम्पनीको ५६औँ साधारणसभा २०७९ चैत १० गते बोलाइएको छ। सभा शुक्रबार १२ः१५ बजे त्रिभुवन आर्मी अर्फिसर्स् क्लब भद्रकाली, काठमाडौंमा बोलाइएको छ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशतले हुने २ करोड ५३ लाख ५३ हजार ११९ रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनी ऐन, २०६३ को दफा १०५ (१)को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृत उपल छलफल पारित गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०७८÷०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनको छलफल पारित गर्नेछ । साथै लेखापरिक्षण प्रतिवेदन सहित नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्नेछ ।

२०७९÷०८०को लागि लेखापरीक्षण नियूक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्नेछ। साथै नगद लाभांश प्रस्ताव वितरण गर्ने स्वीकृति गर्ने, सञ्चालकको बैठक भत्ता र भ्रमण भत्तालगायत अन्य सुविधा र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक निर्वाचन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्