सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, फागुन १५ ।  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्