ज्योति मगरलाई गीत गाउन प्रतिबन्ध लगाइने

काठमाडौं । ज्योति मगरलाई गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । गायिका तथा कलाकार ज्योतिको मगरको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गरेको भन्दै गीत गाउन प्रतिबन्ध लगाइने भएको हो । सुनसरीको इटहरीको तालतलैयामा वैशाखको पहिलो साता हुन लागेको महोत्सवमा उनलाई प्रतिबन्ध लगाइने भएको छ ।

उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

यदि ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्