हिमालयन बैंक र सिभिल बैंकको आजबाट एकीकृत कारोबार सुरु
काठमाडौं, फागुन १२ । हिमालयन बैंक र सिभिल बैंकले आज फागुन १२ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको हो ।
दुवै एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।
हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल १८९ वटा शाखा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्