स्कटल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट
काठमाडौं, फागुन ९ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेको छ ।
यस क्रममा नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले आठौँ ओभरमा पहिलो विकेट लिएका हुन् । सन्दीपले २२ रन बनाएर खेलिरहेका स्कटल्यान्डका कील कोएत्जरलाई आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्