कृषि विकास बैंकको सीईओको लागि पाँच जना सर्ट लिस्टमा
काठमाडौं, फागुन ५ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि ५ जना सर्ट लिस्टमा परेका छन्।
रिक्त रहेको पदको लागि सिफारिस समितिले गोविन्द गुरुङ, प्रताप सुवेदी, बद्री कुमार गुरागाई, यज्ञ प्रकाश न्यौपाने र विष्णु देव यादव सर्ट लिस्टमा परेका हुन्।
तत्कालीन सीईओ अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि पदको लागि २२ जनाले आवेदन दिएका थिए।
आवेदन दिने २२ मध्येबाट सिफारिस समितिले सो पाँच जनालाई सर्ट लिस्टमा राखेको छ।
सर्ट लिस्टमा परेका पाँच जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि छनोट भएका छन्।
प्रतिक्रिया दिनुहोस्