वाणिज्य बैंकहरूमा २५ अर्ब निक्षेप थपियो
काठमाडौं, फागुन ४ । माघ महिनामा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ ।
पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।
त्यस्तै कर्जा प्रवाह १२ अर्ब बढेको छ । पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ । पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरूको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत रहेका छ ।
प्रतिक्रिया दिनुहोस्