मोलुङ हाइड्रोको आईपीओ आजबाट खुल्यो
काठमाडौँ, फागुन ४ । मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो ।
कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्।
यस मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्