समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग सेवामा परिवर्तन
काठमाडौं, फागुन २ । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैकिङ्ग सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंकस्मार्ट मोवाइल बैंकिङ्खमा परिवर्तन गरेको छ । कम्पनीले आज उक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो ।
अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैकिङ्गबाट एन.सि.एच.एल. को नेपाल पे क्यु आर मर्चेन्टका साथै फोन पेको क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन भने फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरुमार्फत् आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्नि प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्