कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीचकर्जा सेवासम्बन्धी सम्झौता ।
काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीचकर्जा सेवासम्बन्धी सम्झौता भएको छ ।
बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ्गसँग यहि माघ २९ गते सम्झौता गरेको हो ।
सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का.मु. कार्यकारी अधिकृत विनयदाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शास्वतजंग सिजापतीले एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ।
उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्ड्का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्