मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, माघ २९ ।  चर्चित गायिका मेलिना राईको आवाजमा ‘मीठो साथ’ गीत सार्वजनिक भएको छ ।

उमेश राउतको शब्द रहेको उक्त गीतमा मेलिनासँगै सुदिप लामाको आवाज रहेको छ । गीत उमेश राउतकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भ्यालेनटाइन अर्थात् प्रणय सप्ताहको अवसर पारेर सार्वजनिक गरिएको गीतमा भर्खरै बस्न थालेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ ।

रिदम कँडेलले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपालमा रेकर्ड गरिएको हो भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

धनबहादुर तामाङ ‘सागर’ ले निर्देशन गरेको भिडियोमा काजल भुजेल र दिपेश तामाङले अभिनय गरेका छन् । देवेन्द्र कार्कीले छायांकन गरेको उक्त गीतको भिडियोलाई दिनेश मुस्कानले सम्पादन गरेका हुन् ।

यस अघि उमेशको ‘तिम्रो तस्बिर’, ‘भोगाइ जीवनको’ , ‘आमा’, ‘गुरु बन्धना’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्